महाशिवरात्रिमा महालक्ष्मी विकास बैंकद्वारा शिविर संचालन



काठमाडौं । महालक्ष्मी विकास बैंकले महाशिवरात्रि पर्वको अवसरमा शिविर संचालन गरेको छ ।

बैंकको पोखरा लेकसाइड शाखाले पोखरा महानगरपालिका–६ मा रहेको केदारेश्वर महादेव मन्दिरमा शिविर संचालन गरेको छ । महाशिवरात्रिलाई लक्षित गरी केदारेश्वर मन्दिरमा आएका व्रतालु तथा भक्तहरुलाई दर्शन गर्न सहज होस् भन्ने हेतुले उक्त शिविर संचालन गरेको बैंकले जानकारी गराएको छ ।
उक्त शाखाका प्रवन्धक नवराज भण्डारीले केदारेश्वर मन्दिर दर्शन गर्न पुगेका दर्शालु तथा भक्तजनहरुलाई दर्शनमा चिया, फलफुल तथा पानी वितरण गरेको बताए । आगामी दिनहरुमा यस्तै सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्ने बैंकले जनाएको छ ।
बैंकले प्रदेश–१ मा ५, मधेश प्रदेशमा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ सहित १०३ वटा शाखाबाट करिब ६ लाख ग्राहकलाई उच्चस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको जानकारी गराएको छ ।


क्लिकमान्डु