एमसीसी परियोजनाका ड्राइभरदेखि प्रोजेक्ट म्यानेजर पदसम्म जागिर खुल्यो



काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनाका लागि एमसीए नेपालले कर्मचारी माग गरेको छ । बुधबार विज्ञापन प्रकाशित गर्दै एमसीए नेपालले विभिन्न तहका लागि कर्मचारी माग गरेको हो ।

एमसीएले प्रोजेक्ट म्यानेजर, म्यानेजर, लिड इन्जिनियर, पावर सेक्टर रिफर्म स्पेशलिस्ट, मनिटरिङ एण्ड इभ्यालुएसन स्पेसलिस्ट, आउटरिच कम्युनिकेशन असिस्टेन्ट, एसिस्टेन्ट टु डीइडी म्यानेजमेन्ट, अफिस ड्राइभर र अफिस एसिस्टेन्ट पदका लागि जागिर खुलाएको हो ।

एमसीए नेपालका अनुसार इच्छुकले आगामी मार्च १५ तारिखसम्म अनलाइनमार्फत् आवेदन दिन सक्छेन् ।

संसदबाट एमसीसी सझौता अनुमोदन भएसँगै यस अन्तर्गत ४०० केभी क्षमताको ३१२ किलोमिटर प्रसारण लाइन निर्माण तथा करिब १ सय किलोमिटर सडक स्तरोन्तीको काम शुरु गर्नका लागि बाटो खुलेको छ ।


क्लिकमान्डु