सुनको मूल्य एकैदिन तोलामा १९ सय रुपैयाँले बढ्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला १९ सय रुपैयाँले बढेकोे छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ कायम भएकोमा बुधबार १९ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार १ सय रुपैयाँ कायम भएकोमा बुधबार ९९ हजार रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ३५ रुपैयाँ कायम भएकोमा बुधबार ४० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु