एमसीसीको दुस्प्रचार एमालेलाई सत्ताबाट हटाउने खेलः एमाले



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमसीसीबारेको दुस्प्रचार तत्कालीन समयमा केपी शर्मा ओलीलाई प्रधानमन्त्रीलाई हटाउनका लागि मात्रै गरिएको दाबी गरेको छ ।

मंगलबार पत्रकार सम्मेलनमार्फत् नेता ज्ञवालीले जारी विज्ञप्ति पढ्दै एमसीसीको बाहना बनाएर एमालेलाई सत्ताबाट फ्ँयाकिएको तर्क गरे ।

उनले एमसीसी दुई पक्षीय सम्झौता भए पनि भू-राजनीतिको विषय बनाउँदै लगेको बताए ।

एमसीसी पास भएसँगै कतिपय राजनीतिक दलका घिनलाग्दा चरित्र उदांगो भएको छ । एमसीसीका विषयमा सत्तागठबन्धनकै केही राजनीतिक दलहरुले अज्ञानता स्पष्ट खुलेको छ ।

दुबै सत्रमा प्रक्रियामा सहभागी हुनबाट बञ्चित गराइएको छ । प्रमुख प्रतिपक्षलाई प्रक्रियाबाट बाहिर राख्नु गलत हो ।


क्लिकमान्डु