नेको इन्स्योरेन्सको साधारण सभा चैत ९ गते, लाभांश पारित गर्ने



काठमाडौं । नेको इन्स्योरेन्सले कम्पनीले २६औं वार्षिक साधारण सभाको मिति तोकेको छ ।

कम्पनीको फागुन १६ गते बसेको बैठकले २६औं वार्षिक साधारण सभाको मिति तय तय गरेको हो ।

उक्त साधारण सभा चैत ९ गते बुधबार कम्पनीको केन्द्रीय कार्यालय, बीमा भवन ज्ञानेश्वरमा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

सभाले लाभांश प्रस्तावका साथै प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु समेत पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्सले चैत १ गते एक दिनका लागि बुकक्लोज मिति तोकेको छ । जसअनुसार सोभन्दा अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।


क्लिकमान्डु