कर्जाको माग अत्यधिक, निक्षेप २ अर्बले बढ्दा कर्जा प्रवाह १० अर्बले बढ्यो



काठमाडौं । तरलता अभाव झेलिरहेको बैंकिङ प्रणालीमा कर्जाको माग उच्च भएको छ ।

फागुन लागेपछि बैंकिङ प्रणालीमा निक्षेप २ अर्बले बढ्दै कर्जा प्रवाह १० अर्ब रुपैयाँले बढेको छ । फागुन पहिलो साता १ अर्ब निक्षेप प्रणालीमा थपिएकोमा दोस्रो साता पनि १ अर्बले मात्रै थपिएको छ ।

तर फागुन पहिलो साता ४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो भने दोस्रो सातामा कर्जा प्रवाह थप ६ अर्ब रुपैयाँले बढेको छ ।
बैंकर्स संघका अुनसार एक साताको अवधिमा प्रणालीमा निक्षेप १ अर्ब रुपैयाँ बढेर ४३ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ । यस्तै कर्जाको माग भने एक साताको अवधिमा ६ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ६५ अर्ब रुपैयाँ रहेको छ ।

पछिल्लो समय बैंकमा निक्षेप संकलन न्यून छ भने कर्जाको माग निकै बढेको छ । केही समय यता बैंक ब्याजदर बढेपनि त्यसको प्रभाव प्रणालीमा न्यून देखिएको छ ।


क्लिकमान्डु