सानिमा बैंकद्वारा दीर्घायु बचत खाता अन्तर्गत १० लाख दुर्घटना बीमा रकम हस्तान्तरण



काठमाडौं । सानिमा बैंकले सानिमा दीर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ ।

बैंकको धनगढी शाखाका खातावाला गणेशप्रसाद ओझाको दुर्घटना भई मुत्यु भएकोले उनकी हकवाला कमलीपन्त ओझा उक्त रकम हस्तान्तरण गरिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रमुख मेघराज खड्का र बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख घनश्याम जोशीले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाख, ३ लाखसम्मको ६ जटिल रोगको उपचार बीमा, ५० हजार रुपैयाँसम्म्का औषधि उपचार बीमा, १० हजार रुपैयाँको ओपीडी सेवा र ५ हजार रुपैयाँसम्मको स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु