सगरमाथा इन्स्योरेन्सले २१ प्रतिशत लाभांश दिने



काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर तथा १.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश बीमा समितिबाट स्वीकृति तथा साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु