प्रभु लाइफको चौथो साधारणसभा चैत ६ गते



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले चैत ६ गते चौथो वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले रेडिसन होटल, काठमाडौंमा साधारणसभा आह्वान गरेको हो । साधारणसभा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्ने छ ।

आर्थिक वर्ष २०७६/७७ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड प्रभावितलाई सहयोग गर्न नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता बापतको रकम ७ लाख ५० हजार रुपैयाँ कम्पनी ऐन, २०६३ को दफा १०५ ९१० ‘ग’ बमोजिम अनुमोदन गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।

यस्तै, उक्त सभाले सेयरधनीको तर्फबाट एक जना र स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्ने सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ सञ्चालकको निर्वाचन गर्ने, सञ्चालक समितिको निर्णयहरु अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने छ ।

साधारण सभा प्रयोजनको लागि इन्स्योरेन्सले फागुन २३ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार फागुन २२ गतेसम्म नेप्समा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा भाग लिन सक्नेछन् ।


क्लिकमान्डु