शिखर इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन चैत १ गतेदेखि



काठमाडौं । शिखर इन्स्योरेन्सले चैत १ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रति साधारण सेयर १ सय रुपैयाँका दरले ५२लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीका अनुसार चैत १ गतेदेखि हकप्रद सेयर निष्कासन भइ चैत २१ गते बन्द हुनेछ ।

कम्पनीका सेयरधनीहरुले ०.३ सेयर अर्थात् १ सय कित्ता हुनेले ३० कित्ता हकप्रद सेयष्र भर्न पाउनेछन् । गत माघ २१ गतेभन्दा अघिल्लो दिनसम्म कम्पनीको सेयर हुनेले हकप्रद सेयर भर्न पाउनेछन् ।


क्लिकमान्डु