माघ महिनामा जीवन बीमा कम्पनीले १० अर्ब बीमाशुल्क संकलन गरे



काठमाडौं । चालु आर्थिक वर्षको सात महिना अर्थात माघ महिनासम्मको अवधिमा जीवन बीमा कम्पनीले ८१ अर्ब ३० करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

गत आवको माघ महिनासम्मको अवधिमा जीवन बीमा कम्पनीले ७४ अर्ब ५५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले यस अवधिमा प्रथम बीमाशुल्कबाट २३ अर्ब ३ करोड २६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार यस अवधिमा कम्पनीहरुले नविरकण बीमाबाट ५८ अर्ब २६ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

जीवन बीमा कम्पनीहरुले माघ महिनामा मात्रै १० अर्ब भन्दा बढी कुल बीमाशुल्क संकलन गरेका छन् ।

माघ महिनामा १९ जीवन बीमा कम्पनीले १० लाख ३८ हजार ५२२ बीमालेख जारी गरी १० अर्ब ३८ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

कम्पनीहरुले माघ महिनामा प्रथम बीमाशुल्कबाट दुई अर्ब ४२ करोड २९ लाख रुपैयाँ र नविकरण बीमाशुल्कबाट ७ अर्ब ९६ करोड ५५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यस अवधिमा नेपाल लाइफले सबैभन्दा धेरै बीमाशुल्क संकलन गरेको छ । समितिका अनुसार माघ महिनासम्मको अवधिमा कम्पनीले २१ अर्ब ८ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

कम्पनीले माघ महिनामा मात्रै २ अर्ब २३ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

नेपाल लाइफ पछि एलआइसी नेपालले ९ अर्ब ७५ करोड ४० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

यस्तै, यस अवधिमा नेशनल लाइफले ७ अर्ब ८९ करोड ७२ लाख रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ४२ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।


क्लिकमान्डु