निर्वाचन आयोगले अर्थसँग माग्यो ९ अर्ब बजेट, १ लाख १० हजारबढी जनशक्ति खटिने



काठमाडौं । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि हालसम्म २९ राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गरेका छन् ।

निर्वाचन आयोगका अनुसार पछिल्लो समय १९ राजनीकि दल थपिएका हुन् ।

आयोगका अनुसार निर्वाचनमा कुल १ लाख १० हजार ७१३ जना जनशक्ति खटिने छन् । निर्वाचनमा खटिने प्रत्येक जनशिक्तको २० लाख रुपैयाँको बीमा समेत गरिनेछ । यसका लागि बीमा कम्पनीसँग प्रस्ताव माग समेत गरेको छ ।

आयोगले मतदान कार्यमा संलग्न हुनेका लागि स्वास्थ्य सामग्रीहरु खरिदका लागि बोलपत्र समेत आह्वान गरिएको जानकारी दिएको छ ।

साथै, निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि आयोगले अर्थमन्त्रालयसमक्ष हालसम्म ८ अर्ब ९५ करोड २९ लाख ४ हजार बजेट माग गरेको छ ।

आयोगले निर्वाचनका लागि आचारसंहिता तयार पारी कानून मन्त्रालयमा पठाइएको र अन्तिम रुप दिने काम भइरहेको बताए ।


क्लिकमान्डु