अपडेटः १५ मिनेटमा २७.८४ अंकले घट्यो सेयर बजार



काठमाडौं । सेयर कारोबार सुरु भएको १५ मिनेटमा नै २७.८४ अंकको गिरावट आएको छ ।

बजार २७.८४ अंकले घटेर परिसूचक २६२९.५९ बिन्दुमा रहेको छ । इन्ट्रा डे कारोबारमा बजार २७०० बाट घटेको छ । कारोबारमा अधिकांश कम्पनी राताम्मे भएका छन् ।

यो समाचार तयारपार्दासम्म १६७ कम्पनीको ४ लाख ४३ हजार ४०६ कित्ता सेयर २६ करोड ३३ लाख १३ हजार २२० रुपैयाँमा किनबेच भएको छ ।


क्लिकमान्डु