राष्ट्र उत्थान लघुवित्तको आइपीओ आज बाँडफाँट



काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) आज बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आज (बिहीबार) ३ बजेपछि लघुवित्तको आइपीओ बाँडफाँट हुनेछ ।

आइपीओमा २६ लाख २६ हजार ९० जना आवेदकले ३ करोड ४ लाख ३१ हजार ३७० कित्ताको आवेदन दिएका छन् । जसमा माग भन्दा ३८ गुणा बढी आवेदन परेको छ । आइपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँट गरिनेछ ।

कम्पनीले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गरेकोमा १३ हजार कित्ता कर्मचारीलाई, ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषहरुलाई र बाँकी ७ लाख ९४ हजार ५ सय कित्ता शेयर सर्वसाधारणहरुका लागि छुट्याइएको थियो ।


क्लिकमान्डु