संसद छल्दै अर्थमन्त्री शर्मा पुगे पर्वत



काठमाडौं । आज (बिहीबार) प्रतिनिधि सभाको बैठक बस्दैछ । मध्यान्न १ बजे बस्ने बैठमा निकै चर्चामा रहेको मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टका विषयमा छलफल हुनेछ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन बीच भएको अनुदान सहायता सम्झौता माथी सामान्य छलफल गरियोस’ भनी प्रस्ताव पेश गर्ने संसद सचिवालयले जानकारी गराएको छ ।

अहिले निकै चर्चामा रहेको एमसीसी संसदमा छलफल हुने दिन भने जुन मन्त्रीले उक्त प्रस्ताव छलफलको लागि पेश गर्नुपर्ने हो त्यही मन्त्री उपत्यका बाहिर रहेका छन् । एमसीसी संसदमा छलफलको लागि पेश नपरेर मन्त्री शर्मा सार्वभौम संसदलाई छल्दै पर्वतमा पुगेका छन् ।

बिहीबार पर्वत उद्योग वाणिज्य संघको साधरणसभामा सहभागी हुन भन्दै मन्त्री शर्मा बुधबार नै त्यहाँ पुगेका छन् । सत्तारुढ तथा सत्ता साझेदार दल एमसीसीको विषयमा छलफलमा जु्टिरहेको, जनताले यसको विरोध गरिरहेको समयमा मन्त्री शर्मा भने पर्वतको कुश्मा पुगेर आनन्द लिइरहेका छन् ।

यसअघि पनि गत आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले एमसीसी सम्झौता संसदमा पेश गर्ने संसदको कार्यसूचीमा रहेको थियो । तर मन्त्री शर्मा बिरामी भन्दै भन्दै बैठकमा सहभागी नभएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विद्येयक संसदमा टेबल गरेका छन् ।

आइतबारको बैठकमा माओवादीका सचेतक देव गुरुङले बैठक सुरु हुने वित्तीकै यथास्थितीमा एमसीसी पास हुने नहुने धारणा राखे । तर अहिले त्यही तल सत्तामा रहेको छ । मन्त्री शर्मा भने जिल्ला भ्रमणमा रहेका छन् ।

बिहीबारको लागि बोलाएको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले ‘महान्यायाधिवक्ताको बार्षिक प्रतिवेद २०७७–०७८ पेश गर्ने कार्यसूचीमा रहेको छ ।

एमसीसी पास गर्ने वा नगर्ने विषयमा राजनीतिक दलबीच मतभेद बढेको छ । नेपाली कांग्रेसले एमसीसी पास गर्ने पक्षमा रहेका छ भने माओवादी, नेकपा एसकोले यसको पक्षमा मत दिने सम्भावना न्यून रहेको छ । एमालेले भने अझै धारणा सार्वजनिक गरिसकेको छैन ।


क्लिकमान्डु