जिपको ‘प्रिमियम’ शोरुम अब पोखरामा



काठमाडौं । नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले पोखरामा नयाँ शोरुमको शुभारम्भ गरेको छ ।

गण्डकी प्रदेशको पहिलो जिप शोरुमको उद्घाटन गर्दै नेपाली कंग्रेसका नेता प्रदीप पौडेलले स्वतन्त्रतासँग जोडिएको विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड पोखरामा आउनु उल्लेखनीय कुरा भएको बताए ।

नाडाका अध्यक्ष ध्रुव थापाले जिप पोखराका सडकमा पनि देखिन थालेको र यसको भविष्य राम्रो भएको उल्लेख गर्दै प्रिमियम अटो ग्रुपलाई शुभकामना दिए ।

एमएडब्लु लाइफका सीइओ अनिश लामिछानेले चार वर्षअघि नेपालमा औपचारिक रुपमा भित्रिएदेखि नै पश्चिम नेपालका ग्राहकले जिप सोरुमको अपेक्षा गरिरहेको र उनीहरुको अपेक्षा पूरा गर्न पाउँदा निकै खुसी महशुस गरिरहेको बताए ।

‘हामीलाई विश्वास छ कि यो डिलरसिपले जिप लाइफमा आवद्ध हुन चाहने ग्राहकलाई सहज बनाउनेछ,’ उनले भने ।

प्रिमियम अटो ग्रुपका संस्थापक सन्तोष बास्तोलाले ग्राहकलाई निकै विश्वास गरेको अटोमोबाइल ब्रान्ड र प्रिमियम कस्टमर एक्सपिरियन्स दिन पाउँदा आफू निकै उत्साहित भएको बताए ।

जिप ब्रान्डको बढ्दो लोकप्रियतालाई ध्यानमा राखेर एमएडब्लु लाइफले देशभर विक्री तथा विक्रीपछिको सेवा सञ्जाल बढाउँदै लग्ने नीति लिएको छ ।

जिपले यसै आर्थिक वर्षमा ४ अन्य स्थानमा शोरुम र सर्भिस आउटलेट शुरु गर्नेछ जसले महत्वपूर्ण भौगोलिक क्षेत्र र ‘कस्टमर बेस’लाई कभर गर्ने जानकारी दिएको छ ।

जिपले ‘रोडसाइड असिस्ट्यान्स’सहित चौबिसै घण्टा र ३६५ दिन सेवा दिइरहेको छ ।

गत असारमा नयाँ जिप कम्पास सार्वजनिक गरेपछि प्रिमियम एसयुभी सेग्मेन्टमा जिप ब्रान्डले उल्लेखनीय प्रदर्शन गर्दै आएको छ र यो गति पूरै वर्ष कायम हुने अपेक्षा कम्पनीले लिएको छ ।

प्रिमियम अटो ग्रुपले संचालन गरेको दुई हजार स्क्वायर फिटमा फैलिएको जिपको रिटेल आउटलेटले ग्राहकलाई ‘प्रिमियम एक्सपिरियन्स’ दिनेछ ।


क्लिकमान्डु