राष्ट्र बैंकले बढायो बैंकदर, निक्षेप दर र रिपो दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदर, एसएलएफ, निक्षेप दर र रिपो दरमा संशोधन गरेको छ ।

राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्षका बैंक तथा वित्तीय संस्थालाई एकिककृत निर्देशन जारी गर्दै संशोधन गरेको हो ।

राष्ट्र बैंकले इजाजतपत्रप्राप्त संस्थाहरुलाई प्रचलित ऐनमा भएको व्यवस्था अनुसार उपलब्ध गराईने कर्जाको ब्याजदर (बैंकदर) ७ प्रतिशत कायम गरिएको जानकारी गराएको छ । यसअघि यस्तो दर ५ प्रतिशत रहेको थियो ।

यस्तै ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ७ प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर ४ प्रतिशत र नीतिगत दरको रुपमा रहेको रिपो दरलाई ५.५ प्रतिशत कायम गरिएको निर्देशनमा उल्लेख छ ।

यसअघि ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ५ प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर २ प्रतिशत र नीतिगत दरको रुपमा रहेको रिपो दरलाई ३.५ प्रतिशत रहेको थियो ।


क्लिकमान्डु