सदस्यको सवा ६ करोड ठग्ने भरोसा नेपाल बहुउद्देश्यीय सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ



काठमाडौं । सहकारीका निक्षेपकर्ता सदस्यको ६ करोड २५ लाख रुपैयाँ हिनामिना गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी)का अनुसार भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाकाे सञ्चालक समितिका अध्यक्ष र उपाध्यक्षलाई उक्त रकम हिनामिना गरेको भन्दै पक्राउ गरेको हो ।

ब्यूरोका अनुसार काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका-३१ पुरानो बानेश्वर स्थित भरोसा नेपाल वहुउद्देश्यीय सहकारी संस्थाका निक्षेपकर्ता सदस्यहरुले उक्त संस्थामा बचत तथा आवधिक खाता खोली जम्मा गरेको रकम आफुखुशी अपचलन गर्ने संस्थाका अध्यक्ष सुरज बस्नेत र उपाध्यक्ष शिव पाण्डेलाई पक्राउ गरिएको हो ।

ब्यूरोका अनुसार उनीहरुले आफुखुशी सहकारी संस्थाको खातामा नराखि आफ्नै परिवारका सदस्य र आफन्तहरुका नाममा राखि १५ जना निक्षेपकर्ताहरुको ६ करोड २५ लाख रुपैयाँ रकम दुरुपयोग गरेका छन् ।

निक्षेपकर्ताले आफ्नो रकम भुक्तानी फिर्ता माग्दा सहकारी संस्थामा ताला लगाई फरार रही सहकारी ठगी कार्यमा संलग्न रहेको भन्ने जाहेरीका आधारमा बस्नेत र पाण्डे पक्राउ परेका हुन् । ब्यूरोका अुनसार काठमाडौं–३० का ४२ बर्षिय बस्नेत अनामनगर र काठमाडौं–१६ का पकनाजोलका पाण्डे सोही स्थानबाट पक्राउ परेका हुन् ।


क्लिकमान्डु