मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षाले निजी क्षेत्रको उत्साह हरायो : अध्यक्ष गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षाले निजी क्षेत्रको उत्साह हराएको बताएका छन् ।

देशको अर्थतन्त्रमा देखिएको विद्यमान अवस्था र यसले उद्योग व्यवसायमा पारेको प्रभाव तथा समाधानका लागि हुनुपर्ने व्यवस्थाहरु सम्बन्धमा छलफल महासंघले अर्थविदहरु तथा बैंकरहरुसँग गरेको छलफल कार्यक्रममा अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।

मौद्रिक नीतिको सुविधाले अर्थतन्त्र सुधार भएपनि अर्ध वार्षिक समीक्षाले निजी क्षेत्रको उत्साह हराएको बताए ।

कोरोना महामारीले सिथिल बनेको अर्थतन्त्र सुधार हुन थालेको बेला आएको समीक्षाले समस्या सृजना गरेको उनको तर्क छ । अहिले सरकारले निजी क्षेत्रलाई साथ लिएर नहिडेको पनि गोल्छाको भनाइ छ ।


क्लिकमान्डु