निर्वाचनमा संलग्न जनशक्तिको सामूहिक दुर्घटना बीमा, प्रस्ताव पेश गर्न आह्वान



काठमाडौं । सरकारले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा संलग्न हुने जनशक्तिको सामूहिक दुर्घटना बीमा गर्ने भएको छ ।


सरकारले स्थानीय तहको निर्वाचन प्रयोजनको लागि निर्वाचनको कार्यमा संलग्न हुने जनशक्तिहरुको २० लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गर्ने भएको हो ।
निवार्चन कार्यमा संलग्न एक लाख १० हजार ७१३ जनाको सामूहिक दुर्घटना बीमा गरिने भएको हो ।

निर्वाचन आयोग ऐन, २०७३ बमोजिम निर्वाचन कार्यमा संलग्न जनशक्तिको सामूहिक दुर्घटना बीमा गरिने निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार आयोगका पदाधिकारी, आयोगको सचिवालयमा कार्यरत कर्मचारीहरु, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयका कर्मचारीहरु(काज, स्थायी, करार समेत), मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको कार्यालयमा खटिने कर्मचारी, मतदान केन्द्रमा खटिने कर्मचारी र मतगणना कार्यमा खटिने कर्मचारीहरुको बीमा गरिने छ ।

जसका लागि निर्वाचन आयोगले बीमा प्रदायक संघ÷संस्थाहरुलाई प्रस्ताव पेश गर्नका लागि आह्वान गरेको छ ।
आयोगका अनुसार आयोगका पदाधिकारी, आयोगको सचिवालयमा कार्यरत कर्मचारीहरु, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयका कर्मचारीहरु(काज, स्थायी, करार समेत) ९ सय जनाको १०४ दिन अवधिको लागि बीमा गरिने छ ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको कार्यालयमा खटिने कर्मचारी ६ हजार ७७७ जनाको ७० दिन अवधिको बीमा गरिने छ ।
यस्तै, मतदान केन्द«मा खटिने कर्मचारी ९४ हजार जनाको १५ दिनको र मतगणना कार्यमा खटिने कर्मचारी ९ हजार ३६ जनाको १० दिन अवधिको बीमा गरिने आयोगले जनाएको छ ।

प्रचलित कानून बमोजिम नेपाल सरकारबाट बीमा कारोबार गर्ने इजाजत प्राप्त गरी कम्तीमा ३ वर्षसम्म बीमा सम्बन्धी कामको अनुभव भएको, बीमा सम्बन्धी वा यस्तै प्रकृतिका कार्य गर्दा कालो सूचीमा नपरेको र पचास प्रतिशत भन्दा बढी स्वदेशी स्वामित्व भएको स्वघोषणा गरेको हुनु पर्ने आयोगले जनाएको छ ।

निर्वाचन कार्यमा संलग्न जनशक्तिहरुको संख्या र तोकिएको अवधि अनुसार बीमा गर्दा लाग्ने शुल्क स्पष्ट रुपमा उल्लेख गरी प्रस्ताव पेश गर्नु पर्नेछ ।
बीमा अवधि र संख्या आयोगको निर्णयबाट थपघट समेत हुन सक्ने आयोगको भनाइ छ ।

तोकिए बमोजिम सर्तहरुमा आधारित भएर प्रस्ताव पेस गर्ने बीमा कम्पनीहरुको प्रस्ताव स्वीकृत गर्ने वा नगर्ने वा रद्द गर्ने सम्पूर्ण अधिकार आयोगमा सुरक्षित हुने सूचनामा उल्लेख छ ।
इच्छुक बीमा प्रदाय संघ÷संस्थाले फागुन ११ गत अपरान्ह १२ बजेसम्म आयोगमा प्रस्ताव पेस गर्नु पर्ने छ ।


क्लिकमान्डु