एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?




काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुका लागि लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.३१५८ प्रतिशत नगद लाभांशसहित ६.३१५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव बीमा समितिले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु