बैंकिङ प्रणालीमा निक्षेप बढ्यो, कर्जा प्रवाह घट्यो



काठमाडौं । फागुन पहिलो साता वाणिज्य बैंकमा निक्षेप संकलन बढेको छ भने कर्जा प्रवाह घटेको छ ।

बैंकर्स संघका अनुसार एक साताको अवधिमा बैंकमा निक्षेप १ अर्ब रुपैयाँले बढेर ४३ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । माघ मसान्तसम्म बैंकको निक्षेप ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको थियो ।

यो अवधिमा स्वदेशी मुद्रमा निक्षेप ४२ खर्ब १७ अर्ब रुपैयाँ रहेकोमा फागुन पहिलो साता आइपुग्दा ४२ खर्ब २० अर्ब पुगेको छ भने विदेशी मुद्रमा रहेको निक्षेप भने ९४ अर्ब बाट ९२ अर्बमा झरेको छ ।

यस्तै एक साताको अवधिमा बैंकको कर्जा प्रवाह घटेको छ ।

एक साताको अवधिमा कर्जा २ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ५३ अर्ब रुपैयाँ रहेको छ । माघ मसान्तमा ४१ खर्ब ५५ अर्ब रुपैयाँ रहेको थियो ।

संघका अनुसार विदेशी मुद्रमा हुने कर्जा लगानी घटेका कारण त्यसको असर कर्जा प्रवाहमा देखिएको छ । माघ मसान्तमा ८२ अर्ब रहेकोमा फागुन ६ गतेसम्म आइपुग्दा ९ अर्बले घटेर ७३ अर्ब रुपैयाँ रहेको छ ।

तर स्वदेशी मुद्रामा भने बढेको छ । गत साता ४० खर्ब ७३ अर्ब रुपैयाँ रहेकोमा फागुन पहिलो साता आइपुग्दा ४० खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु