पैसा नभएको ५१ लाखको चेक दिएर फरार बिनोद थापा पक्राउ



काठमाडौं । बैंक अफ काठमाण्डूको ५१ लाखको पैसा नभएको चेक दिएर फरार रहेको बिनोद थापालाई प्रहरीले फक्राउ गरेको छ ।

नुवाकोट जिल्ला लिखु गाउँपालिका–४, हाल काठमाडौं तारकेश्वर नगरपालिका–७ बस्ने विनोद थापालाई प्रहरीले पक्राउ गरेको हो ।

थापाले बैंक अफ काठमाण्डूको गोंगबु शाखाको खाताबाट रकम भुक्तान हुने भनी ५१ लाखको चेक दिएको र उक्त खातामा पर्याप्त मौज्दात रकम नभएको पाइएको छ ।

थापाले झुक्याएर दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनबाट मंसिर ७ मा थापालाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा ५१ लाख जरिवाना र १५ दिन कैद हुने ठहर गरेको थियो ।

त्यसपछि फरार थापालाई केन्द्रीय अनुसन्धान ब्यूरोले फागुन ८ गते तारकेश्वर नगरपालिका–७, फुटुङबाट पक्राउ गरेको जानकारी गराएको छ । थापालाई ९ गते ललितपुर जिल्ला अदालतमा पेश गरेको छ ।


क्लिकमान्डु