काठमाडौंका चार ठाँउमा डिशहोम फाईवरनेटका सोरुम



काठमाडौं । डिशहोम फाईवरनेटले काठमाडौंमा एकैदिनमा चारवटा सोरुम उद्घाटन गरेको छ ।

बुढानिलकण्ठ र बानियाटारमा रहेको एलेक्स् ईम्पेक्स्, बलम्बुमा रहेको बलम्बु टि.भि. हाउस र नक्सालमा रहेको बि. ईन्टरप्राईजेजको उद्घाटन गरिएको डिश मिडिया नेटवर्कका बिक्री महाप्रबन्धक रमेश सापकोटाले गरेका छन् ।

एलेक्स ईम्पेक्सको संचालन रामकुमार श्रेष्ठ र केशव कोईराला, बलम्वु टि.भि. हाउसको संचालन प्रभात भट्टराई र बि. ईन्टरप्राईजेजको संचालन आकाश मानन्धरले गर्नेछन ।

बिगत लामो समयदेखी डिशहोमसंग सहकार्य गर्दै आउनुभएका डिशहोम डिलरदाईहरुले अव छुट्टै सोरुम मार्फत डिशहोम र डिशहोम फाईवरनेटको नयाँ कनेक्सन, रिचार्ज तथा फण्ड ट्रान्स्र्फर, सेट टप बक्स तथा राउटर एक्सचेन्ज, रिलोकेसन लगाएत विक्रीपछिको सम्पूर्ण सेवाहरु नयाँ सोरुम मार्फत प्रदान गर्ने जानकारी सोरुम संचालकहरुले दिएका छन् ।


क्लिकमान्डु