अभिकर्ता कमिशन ६ प्रतिशतले बढ्यो, नेपाल लाइफसहित ५ कम्पनीको अभिकर्ता कमिशन घट्यो



काठमाडौं । सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीमा आवद्ध भएका अभिकर्ताले पाउने कमिशन ६.४७ प्रतिशतले बढेको छ ।

गत आवको दोस्रो त्रैमाससम्ममा बीमा कम्पनीहरुले ७ अर्ब ३७ करोड ६४ लाख ३१ हजार रुपैयाँ कमिशन बुझेका थिए ।

चालु आवको सोही अवधिमा आइपुग्दा बीमा कम्पनीबाट अभिकर्ताहरुले पाउने कमिशन ६.४७ प्रतिशतले बढेर ७ अर्ब ८५ करोड ३९ लाख ८२ हजार रुपैयाँ पुगेको हो ।

चालु आवको दोस्रो त्रैमाससम्मको अवधिमा नेपाल लाइफ, एलआइसी, मेट लाइफ, प्राइम लाइफ, गुराँस लाइफ र राष्ट्रिय बीमा संस्थानले अभिकर्तालाई दिने कमिशन घटाएका छन् । भने अरु सबै कम्पनीका अभिकर्ताले पाउने कमिशन खर्च बढेको छ ।

नेपाल लाइफको अभिकर्ता कमिशन ३.९७ प्रतिशतले, एलआइसी नेपालको ९.२६ प्रतिशतले, मेट लाइफको २.५२ प्रतिशतको, प्राइम लाइफको २.०५ प्रतिशत, गुराँस लाइफको ४१.१७ प्रतिशत र राष्ट्रिय बीमा संस्थानको ३४.०९ प्रतिशतले घटेको हो ।

यस अवधिमा अभिकर्तालाई सबैभन्दा बढी कमिशन नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब ८४ करोड ४६ लाख ८२ हजार रुपैयाँ कमिशन दिएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३.९७ प्रतिशतले कम हो ।

गत आवको सोही अवधिमा नेपाल लाइफमा आवद्ध भएका अभिकर्ताले कमिसन वापत एक अर्ब ९२ करोड ८ लाख ७७ हजार रुपैयाँ बुझेका थिए ।

लाइफ इन्स्योरेन्स कर्पोरेसनले अभिकर्ताका लागि ९१ करोड ९६ लाख रुपैयाँ कमिसन दिएको छ । यस कम्पनीको पनि अभिकर्ता कमिसन गत वर्षको यसै अवधिको तुलनामा ९.२६ प्रतिशतले घटेको हो ।

गत आवको सोही अवधिमा कम्पनीले अभिकर्ताका लागि एक अर्ब एक करोड ३५ लाख रुपैयाँ कमिसन दिएको थियो ।

नेशनल लाइफले अभिकर्ता कमिसन २३ प्रतिशतले बढाएको छ । नेशनल लाइफका अभिकर्ताले ७५ करोड ४१ लाख रुपैयाँ बुझेका छन् । गत वर्ष ६१ करोड १८ लाख रुपैयाँ कमिसन लिएका थिए ।

युनियन लाइफले अभिकर्ता कमिसनमा ६४ करोड ८८ लाख रुपैयाँ खर्च गरेको छ ।

सिटिजन लाइफले अभिकर्ता कमिसन खर्च ५९.८५ प्रतिशतले बढाएर ४१ करोड ८६ लाख रुपैयाँ पुर्याएको छ ।

कम्पनीहरुले प्रकासित गरेको वित्तीय विवरणअनुसार यस अवधिमा सूर्या लाइफले अभिकर्ता कमिसन २२.२८ प्रतिशतले बढाएको छ । कम्पनीमा आवद्ध भएका अभिकर्ताले यस अवधिमा ३१ करोड ५७ लाख रुपैयाँ कमिसन बुझेका छन् ।

रिलायबल नेपाल लाइफले ६४.४६ प्रतिशत, आईएमई लाइफले २०.१९ प्रतिशत, ज्योति लाइफले ८.८५ प्रतिशत, रिलायन्स लाइफले १९.५५ प्रतिशत, रिलायन्स लाइफले १९.५५ प्रतिशतले सन नेपाल लाइफले २०.८८ प्रतिशतले, सानिमा लाइफले २०.८८ प्रतिशतले, प्रभु लाइफले ७७.५६ प्रतिशतले र महालक्ष्मी लाइफले ४१.५ प्रतिशतले बढाएका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्याकंअनुसार नेपालमा जीवन बीमा अभिकर्ताको संख्या ७ लाख ६८ हजार ४२६ जना छ । बीमा कम्पनी र बीमितबीचका बीचमा मध्यस्थकर्ता रुपमा काम गर्ने व्यक्ति अभिकर्ता हुन् ।

बीमा ऐन २०४९ का अनुसार बीमा समितिबाट इजाजत पत्र पाएका व्यक्ति अभिकर्ता हुन् ।

बीमा अभिकर्ताले बीमा कम्पनीको तलबी कर्मचारी नभइ कमिशनको आधारमा बीमा कम्पनीको तर्फबाट गर्छन् । जीवन बीमा अभिकर्ताले पहिलो वर्ष प्रिमियमको २५ प्रतिशत, दोस्रो वर्ष १५ प्रतिशत कमिसन पाउने व्यवस्था छ ।


क्लिकमान्डु