जीवन विकास लघुवित्तले ७० प्रतिशत बोनस सेयर दिने



काठमाडौं । जीवन विकास लघुवित्तले ७० प्रतिशत बोनस सेयर दिने भएको छ ।

हालै मात्र सर्वसाधारणलाई साधारण सेयर जारी गरेको जीवन विकास लघुवित्तले ७० प्रतिशत बोनस सेयर तथा ३.६८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

दोस्रो बजारमा जीवन विकास लघुवित्तको सेयर मूल्य ५ हजारभन्दा बढी छ ।


क्लिकमान्डु