ऋण लिएर सेयर किन्न राष्ट्र बैंकले कडाइ गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जामा कडाइ गर्ने नीति लिएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समीक्षा मार्फत बंैक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिबसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन उल्लेख गरेको छ ।

राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा सेयर धितो राखेर लिइने ऋणलाई भनेर बुझिन्छ । यसअघि ४/१२ को नीति लिएको राष्ट्र बैंकले मध्यावधी समीक्षा मार्फत यसमा थप कडाइ गर्ने भएको हो । ष्ट्र बैंकले माथी उल्लेखित कर्जाहरुको जोखिम भार बढाउने छ।

बैंक तथा बित्तीय संस्थाहरुले यस्ता कर्जाहरु प्रदान गर्दा ब्याजमा प्रिमियम अझै थप्ने छन। यसले गर्दा उक्त क्षेत्र का कर्जाहरु थप निरूत्साहित हुने अनुमान छ ।


क्लिकमान्डु