आइएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीको आज बसेको संञ्चालक समितिको बैठकले कुल ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ७ प्रतिशतले हुन आउने ८ करोड १० लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशतका दरले हुन आउने ४२ लाख ४६ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश बीमा समितिको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु