महालक्ष्मी विकास बैंकले कैलारी उद्योग बाणिज्य संघलाई फर्निचर दियो



काठमाडौं । महालक्ष्मी विकास बैंकले कैलारी उद्योग वाणिज्य संघलाई फर्निचर सहयोग गरेको छ ।

महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले ‘एक शाखा , एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिदैँ महालक्ष्मी विकास बैंकको हसुलीया शाखाले कैलारी उद्योग बाणिज्य संघको कार्यालयलाई एक विशेष कार्यक्रमका बिच फर्निचर हस्तान्तरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो शाखाले उद्योग बाणिज्य संघको कार्यालयलाई अफिस टेबल २ थान, अफिस स्टिल दराज १ थान, सोफा कुर्सी २ थान, प्लास्टिक कुर्सी ५ थान हस्तान्तरण गरेको कुरा बैंकका शाखा इन्चार्ज जगुराम डगौराले कताए ।


क्लिकमान्डु