पर्यटनमन्त्री आलेले ८ क्यासिनोलाई लाइसेन्स दिए



काठमाडौं । सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले ८ वटा नयाँ क्यासिनोलाई सञ्चालन अनुमतिका लागि लाइसेन्स दिएका छन् ।

पछिल्लो पटक २०६६ सालमा क्यासिनोको लाइसेन्स वितरण भएपछि त्यसयता लाइसेन्स वितरण भएको थिएन । आले मन्त्री भएपछि छोटो समयमै ८ वटा क्यासिनोले लाइसेन्स पाएका हुन् ।

पछिल्लो समय रोयल्टी नतिर्ने क्यासिनोबाट ८९ करोड रुपैयाँ राजस्व उठाएका मन्त्री आले क्यासिनो सञ्चालन गर्ने कम्पनीप्रति कठोर देखिएका छन् । तर यता लाइसेन्स वितरणका लागि भने उदार देखिएका छन् ।

हालसम्म मन्त्री आलेले निर्भाना लक्जरी इन्टरनेशनल प्रालि भैरहवा, बेलिज इन्टरनेशनल प्रालि बाँके नेपालगञ्ज, भेन्यू रिक्रिएसन बाँके नेपालगञ्जलाई लाइसेन्स वितरण गरेका छन् ।

त्यसैगरी सिद्धार्थ गेमिङ जोन प्रालि (क्यासिनो प्याराडाइज) भैरहवा, ओम त्रयम्वकम् इन्टरटेनमेन्ट प्रालि नेपालगञ्ज बाँके, सेपियर इन्टरटेनमेन्ट टेक्नोलोजी नेपालगञ्ज बाँके, बाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट ठमेल, गोल्डेन फिंगर गेमिङ जोन प्रालि पर्साले क्यासिनो सञ्चालनका लागि लाइसेन्स प्राप्त गरेका छन् ।

हालसम्म नेपालमा क्यासिनो सञ्चालनका लागि २४ वटा कम्पनीले लाइसेन्स पाइसकेका छन् ।


क्लिकमान्डु