सम्पूर्ण अपडेट

दाङ-३ मा रास्वपाका कमल सुबेदी विजयी

70
Shares

काठमाडौं । दाङ ३ मा रास्वपाका कमल सुबेदी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपक गिरीलाई २७ हजार ७९४ मतान्तरले हराउँदै सुबेदीले जित निकालेका हुन ।

सुबेदीले ४४ हजार दुईसय ४८ मत प्राप्त गर्दा गिरीले १६ हजार चारसय ५३ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका घनश्याम पाण्डेले १२ हजार एक सय ९५ मत प्राप्त गरेका छन् भने चौथोमा नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले ९ हजार ३२८ मत प्राप्त गरेका छन् । दाङ ३ मा ८८ हजार २७६ सय मत खसेको थियो ।