एमसीसी देशको हितमा छ, संसदबाट पारित नहुन पनि सक्छः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजनालाई पारित गराउन आफू लागिपरेको बताएका छन् ।

बिहीबार नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’को लोर्कापण कार्यक्रममा बोल्दै एमसीसी नेपालको हितमा रहेको भन्दै संसदबाट पारित गराउन आफू लागिरहेको स्पष्ट पारे ।

‘एमसीसी परियोजना संसदबाट पास वा फेल जे पनि हुन सक्छ,’ उनले भने, ‘एमसीसी राष्ट्रको हितमा छ, यो हामीले बुझ्नुपर्छ ।’

प्रधानमन्त्री देउवाले राष्ट्रहितको पक्षमा बोल्न नेपाली कांग्रेस पार्टी डराउन नहुने बताए ।

त्यसैगरी कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसले कुनै पनि विषयमा सरकारमा बस्दा एउटा र प्रतिपक्षमा बस्दा अर्को धारणा बनाउने नगरेको दावी समेत गरे ।


क्लिकमान्डु