साथीमार्टको ९१औं शाखा कपनमा



काठमाडौ । कपनको पैयाटारमा साथीमार्टको ९१ औं शाखा शुरु भएको छ । सामान्य मार्ट सञ्चालन गर्दै आएका कर्ण सुनुवारले मार्टको फ्रेन्चाइज लिएर मार्ट शुरु गरेको बताइएको छ ।

साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सीइओ सागर पोख्रेलले नयाँमार्टको उद्घाटन गरेका हुन् ।

साथीमार्टको प्रवर्द्धक शेयर समेत लिएका सुनुवारले फ्रान्चाइजको महत्त्व बुझेर साथीमार्टको टिमवर्कमा विश्वास गर्दै मार्ट शुरु गरेको सुनुवारले बताए । आजको प्रतिस्पर्धात्मक बजारमा साथीमार्टको फ्रान्चाइजीका अवसरहरूसंग आकर्षित भएको सुनुवारको भनाइ छ ।

करिब सात सय पचास बर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध भएको बताइएको छ ।

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन्।

फ्रेन्चाइज स्टोरसँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पूर्णस्वामित्वमा नेपालका विभिन्न सहरमा यसै वर्ष ठूला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको बताइएको छ ।

एउटै लगानीमा खुद्रा ब्यापार (आउटलेट), ई(कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको छ ।


क्लिकमान्डु