इमर्जिङ नेपालको आइपीओ बाँडफाँट, ८ जना भाग्यमानीलाई ११ कित्ता



काठमाडौं । इमर्जिङ नेपालको साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।

आइपीओमा आवेदन दिएकामध्ये गोलाप्रथाबाट भएको बाँडफाँटमा ५१ हजार ६७० जनाले सेयर पाएका छन् । ५१ हजार ६६२ जनालाई १० कित्ता र ८ जनालाई ११ कित्ताका दरले सेयर सेयर बाँडफाँट भएको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी गराएको छ । २३ लाख ३१ हजार २५८ जना लगानीकर्ताले आवेदन दिएकामा २३ लाख २८ हजार ७०६ जनाको आवेदन सदर भएको थियो ।

कम्पनीले माघ २६ देखि फागुन १ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरले ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गरेको थियो । ११ हजार ११२ कित्ता सेयर कर्मचारी, २७ हजार ७८० कित्ता म्युचुअल फन्ड र बाँकी ५ लाख १६ हजार ७०८ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।


क्लिकमान्डु