नेपाल लाइफ इन्स्योरेन्सको ‘नेपाल लाइफ आइइन्स्योर’ योजना, यस्ता छन् विशेषता



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना ल्याएको हो ।

कम्पनीले न्यून लगानीमा अधिक जोखिम बहन गर्नुको साथै आफूले गरको लगानीको पनि सुनिश्चतता हुने गरी नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना ल्याएको बताएको छ ।

यो योेजना मुनाफामा सरिक नहुने म्यादी जीवन बीमा योजना हो । १८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्ति यो जीवन योजनामा सामेल हुन सक्नेछन् ।

न्यूनतम ५ वर्षदेखि अधिकतम २५ वर्र्षसम्मको बीमा अवधि लिन सकिने आइइन्स्योर जीवन बीमामा बीमा समाप्ति अधिकतम उमेर भने ६५ वर्ष कायम गरिएको छ ।

आफ्नो आम्दामी वा सुविधाका आधारमा वार्षिक, अर्धवार्षिक , त्रैमासिक , मासिक र एकमुष्ठ तरिकाले बीमा शुल्क भुक्तानी गर्न सकिने छ । न्यूनतम बीमाङ्क रकम १ लाख रुपैयाँदेखि अधिकतम १ करोड रुपैयाँसम्मको बीमा गर्न सकिनेछ ।

जस्तै, ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको १ करोड रुपैयाँ बीमाङ्क रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना लिइ मासिक बीमा शुल्क भुक्तान तरिका छनोट गर्दा मासिक ५ हजार २०६ रुपैयाँ बीमा शुल्क मात्र लाग्ने छ ।

त्यस्तै ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको १ करोड बीमाङ्क रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना लिइ वार्षिक बीमा शुल्क भुक्तानि तरिका छनोट गर्दा वार्षिक ५८ हजार ३१० रुपैयाँ बीमा शुल्क मात्र लाग्ने छ ।

३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको १ करोड रुपैयाँ बीमाङ्क रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना लिइ एकमुष्ट बीमा शुल्क भुक्तानी गर्दा ७ लाख ३२ हजार १०५ बीमा शुल्क मात्र लाग्ने छ ।

बीमा शुल्क तिर्ने तरिका अनुसार छुट वा थप शुल्कको व्यवस्था गरिएको छ । जस अनुसार वार्षिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा १ प्रतिशत छुट, त्रैमासिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा ३ प्रतिशत थप र मासिक बीमा शुल्क भुक्तानी तरिका छनौट गदा ६ प्रतिशत थप शुल्क लाग्नेछ ।

त्यसैगरी बीमाङ्कको आधारमा समेत छुटको व्यवस्था गरिएको छ । २५ लाख रुपैयाँसम्मको बीमाङ्कमा छुटको व्यवस्था छैन भने २५ लाख रुपैयाँभन्दा माथि बीमाङ्कको बीमा शुल्कमा १ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुका साथै बीमा प्रारम्भ मिति बाट ३ वर्ष पूरा भए पश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ । तर यस जीवन बीमा योजनामा कर्जा सुविधा उपलब्ध छैन ।

१८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम १ करोड रुपैयाँसम्मको दुर्घटना मृत्यु लाभ ऐच्छिक सुविधा लिन सक्नेछन् ।

बीमाङ्क रकम भुक्तानी पाउने अवस्था

पूर्ण अवधि भुक्तान
बीमालेख चालु रही बीमा अवधि भुक्तानी पश्चातसम्म बीमित जीवित रहेमा बीमितले भुक्तानी गरेको बीमाशुल्क बराबरको र बीमितलाई फिर्ता दिइने छ ।

मृत्यु दाबी भुक्तानी
बीमालेख चालु भएको एक वर्षभित्र दुर्घटना बाहेक अन्य जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमीतले भुक्तानी गरेको बीमा शुल्क रकम मात्र फिर्ता दिइने छ । बीमालेख चालु भएको एक वर्षभित्र दुर्घटनाको कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी दिइने छ ।

बीमालेख चालु भएको एक वर्ष पश्चात बीमा अवधिभित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी दिइने छ ।

यदि दुर्घटना मृत्यु लाभ सुविधा लिएको बीमालेखमा बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम तथा दुर्घटना मृत्यु लाभ सुविधा बापतकोे बीमाङ्क रकम एकमुष्ट भुक्तानी दिइने कम्पनीको भनाइ छ ।


क्लिकमान्डु