नेसनल हाइड्रोपावरले १९.५ % लाभांश दिने, हकप्रद कति ?



काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनीले आगामी साधारणसभाले लागि बुक क्लोज गर्ने मिति तय गरेको छ ।

कम्पनीले फागुन ३० गते हुने साधारणसभाको लागि बुक क्लोजको मिति तय गरेको हो । कम्पनीले फागुन १३ गते बुक क्लोज गर्ने भएको छ । १२ गतेसम्म कायम रहेका लगानीकर्ताले तोकेको लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट १८.५२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.९७५ प्रतिशत नगद सहित १९.५ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीका अनुसार बोनस सेयर बितरणपछि कायम रहेको चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर पनि जानरी हुने छ ।


क्लिकमान्डु