सम्पूर्ण अपडेट

भारतीय प्रधानमन्त्री मोदीले भने–नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध छ

238
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिएका छन् ।

प्रधानमन्त्री मोदीले प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएको भन्दै नेपाली जनता र सरकारलाई बधाई दिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री मोदीले नेपाली दिदीबहिनी र दाजुभाइहरूले आफ्नो लोकतान्त्रिक अधिकार उत्साहका साथ प्रयोग गरेको देख्दा आफूलाई खुशी लागेको बताएका छन् । उनले यसलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक कोशेढुंगा भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘घनिष्ठ मित्र र छिमेकीको रूपमा भारत साझा शान्ति, प्रगति र समृद्धिका लागि नेपालका जनता र नयाँ सरकारसँग नजिकबाट काम गर्न प्रतिबद्ध छ ।’ साथै, नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध रहेको उनले बताएका छन्।