भ्यालेन्टाइन्स डेमा टेलिकमको अफर, ४९ रुपैयाँमा अनलिमिटेड डाटा



काठमाडौं । नेपाल टेलिकमले भ्यालेन्टाइन्स डेको अवसरमा अनलिमिटेड डाटा र अनलिभिटेड भ्वाइस अफर ल्याएको छ ।

यस अफर अन्तर्गत ४९ रुपैयाँमा एमबीपीएस गतिको अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा ‘डे कम्बो अफर’ उपलब्ध हुनेछ ।

यसका लागि *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने टेलिकमको भनाइ छ ।

यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको छ ।

साथै, भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते एमपोसबाट गरिने २०० देखि ४९९ सम्म रुपैयाँसम्मको रिचार्जमा ५१२ एमबी डाटा र ५०० रुपैयाँभन्दा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा बोनसका रुपमा निःशुल्क उपलब्ध हुनेछ ।


क्लिकमान्डु