प्रभु लाइफको बीमाशुल्क ६४% ले बढ्यो, नाफामा २३%को गिरावट



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा खुद बीमाशुल्क ६४.६४ प्रतिशतले बढाएको छ ।

कम्पनीले पुस मसान्तसम्ममा एक अर्ब ४१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ६० करोड ९९ लाख २९ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीको बीमाङ्कीय मूल्याङ्कन अघिको खुद नाफामा भने २३.४२ प्रतिशतको गिरावट आएको छ । यस अवधिमा कम्पनीले ६ करोड १९ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिको तुलनामा कम्पनीले ८ करोड ८ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बीमाङ्कीय मूल्याङ्कन पछि भने कम्पनीको नाफामा फेरबदल आउने छ । इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्य आयबाट ८ करोड ४३ लाख ६४ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले बीमालेख धितोमा ४१ करोड ६९ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरी ७० लाख ६४ हजार रुपैयाँ आम्दानी गरेको छ ।

चालु आवको दोस्रो त्रैमासम्मको अवधिमा कम्पनीले अभिकर्ता कमिशन खर्च शिर्षकमा १७ करोड ६६ लाख ८९ लाख रुपैयाँ खर्चेको छ । कम्पनीले २६ वटा बीमा दावीवापत ९६ लाख १६ हजार रुपैयाँ कुल दावी भुक्तानी गर्न बाँकी छ ।

दुई अर्ब रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको प्रति शेयर आम्दानी ६ रुपैयाँ १९ पैसा छ । कम्पनीको जगेडा तथा कोषमा ४१ करोड ९९ लाख ५९ हजार रुपैयाँ र जीवन बीमा कोषमा दुइ अर्ब ६० करोड रुपैयाँ सञ्चित छ ।


क्लिकमान्डु