एभरेष्ट इन्स्योरेन्सको नाफा घट्यो, खुद बीमाशुल्क संकलन रकम ४३% ले बढ्यो



काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा ६ करोड १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा १९.२० प्रतिशतले घटेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ७ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको खुद बीमाशुल्क संकलन रकम ४३ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षमा १९ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा २७ करोड ७४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको हो ।

१ अर्ब १८ करोड रुपैयाँ चुक्ता पँुजी भएको कम्पनीको जगेडा कोषमा ४१ करोड ३३ लाख रुपैयाँ संचिती रहेको छ । यस अवधिमा कम्पनीको बीमा कोषमा ५४ करोड ६७ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन आयबाट ९० करोड ८ लाख रुपैयाँ, लगानी, कर्जा तथा अन्य आयबाट एक करोड ७१ लाख ६१ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले पुनर्बीमा कमिशन खर्च शिर्षकमा ९ लाख ३८ हजार रुपैयाँ र पुनर्बीमा कमिशन खर्च शिर्षकमा एक करोड १० लाख रुपैयाँ खर्चेको छ ।

चालु आवको दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीले दुई हजार ८ सय ३५ बीमा दावीवापत ३४ करोड ६ लाख ६ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । भने तीन हजार ५ सय ४३ बीमा दावीवापत एक अर्ब २६ करोड ८९ लाख रुपैयाँ कुल दावी भुक्तानी गर्न बाँकी छ ।


क्लिकमान्डु