सगरमाथा इन्स्योरेन्सको नाफामा सामान्य सुधार, बीमाशुल्क १२% ले बढ्यो



काठमाडौं । सगरमाथा इन्स्योरेन्सको नाफामा सामान्य सुधार आएको छ ।

चालु आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले १७ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको सोही अवधिमा कम्पनीले १७ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले खुद बीमाशुल्क संकलन १२।४६ प्रतिशत बढाएको छ । यस अवधिमा कम्पनीले ७७ करोड ८३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सले ६९ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

एक अर्ब ११ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५५ करोड ४३ लाख रुपैयाँ सञ्चित छ । महाविपत्ति कोषको आकार १० करोड ८४ लाख रुपैयाँ छ ।

इन्स्योरेन्सले ४ हजार ६ सय ९ वटा बीमा दावीबापत ७५ करोड ३० लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भने ११ हजार ४९८ वटा बीमा दावीवापत २ अर्ब ४ करोड ७९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन आयबाट १९ करोड ७८ लाख रुपैयाँ, लगानी, कर्जा तथा अन्य आयबाट ७ करोड २५ लाख रुपैयाँ आम्दनी गरेको छ ।
पुनर्बीमा कमिशन खर्च शिर्षकमा कम्पनीले ६ हजार रुपैयाँ र अभिकर्ता कमिशन खर्च शिर्षकमा २ करोड ३३ लाख ४४ हजार रुपैयाँ खर्चेको छ ।


क्लिकमान्डु