एलआइसी नेपालको नाफा ३३% ले घट्यो, साढे ९ अर्ब बीमाशुल्क संकलन



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा ९ खर्ब ५८ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।
कम्पनीले गत आवको यसै अवधिको तुलनामा खुद बीमाशुल्क ०.१६ प्रतिशतले बढाएको हो ।

गत आवको यसै अवधिमा इन्स्योरेन्सले ९ अर्ब ५६ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीको खुद नाफा आर्जनमा भने ३३.५१ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमासको अवधिमा ७६ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले ११ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले य स अवधिमा पुनर्बीमा कमिशन आयबाट ५८ लाख ४२ हजार रुपैयाँ, लगानी, कर्जा तथा अन्य आयबाट तीन अर्ब ४ करोड रुपैयाँ र बीमालेखको धितोमा कर्जाबाट ७६ करोड ५९ लाख रुपैयाँ आम्दनी गरेको छ ।

कम्पनीले १० हजार २४३ वटा दाबी बापत ५ अर्ब २९ करोड ८४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३४ करोड ९३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
यस अवधिमा कम्पनीले अभिकर्ता कमिशन खर्च शिर्षकमा ९१ करोड ९६ लाख रुपैयाँ खर्चेको छ ।

चुक्ता पूँजी २ अर्ब २१ करोड १० लाख रुपैयाँ रहेको इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४८ पैसा छ ।

कम्पनीको जगेडा कोषमा १ अर्ब २३ करोड ५० लाख रुपैयाँ, जीवन बीमा कोषमा ८६ अर्ब ४९ करोड ११ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३६ करोड २० लाख रुपैयाँ सञ्चित छ ।


क्लिकमान्डु