मध्यावधी समीक्षासँगै अर्थमन्त्रीले भन्सारको डिजी हटाए, बजेट र राजस्व महाशाखामा नयाँ सहसचिव



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटको मध्यावधी समीक्षासँगै भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटलाई हटाएका छन् ।

अर्थमन्त्रीले अहिलेसम्म भन्सारको महानिर्देशकको जिम्मेवारी कसैलाई दिएका छैनन् । सापकोटाको लुम्बिनी प्रदेशको अर्थ सचिवमा सरुवा भएको छ । यस्तै अर्थमन्त्रीले बजेट महाशाखामा कर्णाली प्रदेशबाट चक्र बुढालाई ल्याएका छन् ।

राजस्व महाशाखामा भुपाल बराल आएका छन् । अर्थमन्त्रालयमा महत्वपूर्ण बजेट महाशाखालाई मानिन्छ । अर्थमन्त्रालय अन्तर्गत रहेका सहसचिवको जिम्मेवारी दिने काम अर्थमन्त्रीको हो । एउटा मन्त्रालयबाट अर्को स्थानमा भने मन्त्रिपरिषद्ले सरुवा गर्नुपर्छ ।

केही दिन अगाडि सरकारले सहसचिवहरुको सरुवा गरेको थियो । सापकोटा भदौमा भन्सारको महानिर्देशक थिए । अर्थमन्त्रालयमा कर्मचारीहरुबीच भन्सारको महानिर्देशक माओवादी कोटाबाट र आन्तरिक राजस्व विभागको महानिर्देशक कांग्रेस कोटाबाट बनेको चर्चा थियो ।


क्लिकमान्डु