हिमालयन डिस्टिलरीको नाफा १६.३६ % ले बढ्यो



काठमाडौं । हिमालयन डिस्टिलरीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

चालु आवको ६ महिनमा कम्पनीले ४६ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १६.३६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ३९ करोड ७६ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले आफ्नो उत्पादन बिक्री गरेर २ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो ।

१ अर्ब ५१ करोड ८४ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ७३ करोड १९ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ६० रुपैयाँ ९५ पैसा (बार्षिक) र कम्पनीको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ २० पैसा रहेको छ ।


क्लिकमान्डु