जलविद्युत लगानी तथा विकास कम्पनीको नाफा ५.९२% ले बढ्यो



काठमाडैं । जलविद्युत लगानी तथा विकास कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

यो अवधिमा कम्पनीले ४५ करोड ३६ लाख ४४ हजार ८७५ रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५.९२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ४२ करोड ८३ लाख १८ हजार ५५३ रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीले पुस मसान्तसम्म वित्तीय आम्दानीबाट ६९ करोड ४७ लाख २२ हजार रुपैयाँ आर्जन गरेको छ । १८ अर्ब ७० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ७१ करोड ३८ लाख ४३ हजार रुपैयाँ छ ।

कम्पनीले जलविद्युत आयोजनाहरुमा १ अर्ब ५ करोड ६५ लाख ५० हजार रुपैयाँ बराबरको सेयर लगानी गरेको छ भने ८ करोड रुपैयाँ विभिन्न कम्पनीका बण्डमा लगानी रहेको छ । कम्पनीले ४ अर्ब ८१ करोड ६९ लाख ९८ हजार रुपैयाँ जलविद्युत कम्पनी निमार्णका लागि लगानी गरेको छ ।

कम्पनीको बचतको रुपमा विभिन्न बैंकमा १४ अर्ब २ करोड रुपैयाँ टर्म डिपोजिट गरेको छ भने २२ करोड ७६ लाख ७३ हजार रुपैयाँ विभिन्न बैंकमा रहेको छ ।

चालु आवको ५ महिनामा कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८५ पैसा (वार्षिक) रहेको छ भने यसको प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ०३ पैसा रहेको छ ।


क्लिकमान्डु