हाइग्राउडको भ्यालेन्टाइन अफर, कपल बन्जी गर्दा कपल स्विङ सित्तैमा



पोखरा । नेपालकै पहिलो जिपलाइन, नेपालकै पहिलो टवर बन्जी र नेपालकै पहिलो जायन्ट स्विङको सन्चालक पोखराको हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालिले ‘भ्यालेन्टाइन्स डे’लाई लक्ष्यित गर्दै नयाँ अफर सार्वजनिक गरेको छ ।

अफर अन्तर्गत टेन्डम (जोडी) बन्जी गर्ने जोडिले स्विङ निस्शुल्क खेल्न पाउनेछन् । त्यस्तै जिपलाइन बुक गर्ने जोडिले पनि स्विङ निःशुल्क खेल्न पाउनेछन् ।

नेपालमा पहिलो टावर बन्जी निर्माण गरेको हाइग्राउण्डले नेपालमै पहिलोपटक जोडि बन्जी शुरु गरेको हो । हाल हाइग्राउण्ड एड्भेन्चर प्रेमी जोडीको रोजाइको गन्तव्य बन्ने गरेको छ ।

हाइग्राउडले नेपालमै पहिलो पटक जायन्ट स्विङ निर्माण गरेको छ । खोला बाट २ सय ६२ फिटमाथि ९८ फिटको टावर निर्माण गरिएको छ । टावरमा रहेको डोरीमा स्विङ खेल्ने ब्यक्तिलाई झुन्ड्याइन्छ । कुर्सीमा बसे जसरी र सुपरम्यान शैलीमा खेल्न सकिने स्विङ ३ जना एकैपटक बसेर खेल्न मिल्छ ।

परिवार र साथीहरुसँगै खेल्न सकिने पिङ दुईजना मात्र बसेर पनि खेल्न सकिन्छ । स्विङको फ्री फल ३ सेकेन्ड रहेको छ । स्विङ खेल अवधी ३ मिनेटको हुन्छ । स्विङको शुल्क २ हजार प्रतिब्यक्ति र फोटो भिडियो टिसर्टको १२ सय रहेको छ ।

जिप लाइनमा बिश्वमै ख्याती प्राप्त अमेरिकी ब्रान्ड जिप फ्लायरुको फ्रेन्चाइज रहेको हाइग्राउण्डले एक दशकदेखि पोखरामा सन्चालन गरिरहेको बिश्वकै भिरालो र छिटो ९द वल्ड्स स्टिपेस्ट एण्ड फास्टेस्ट० जिपलाइनमा सुपरम्यम जिपलाइनको समेत शुरुवात गरेको छ ।

सन २०१० मा नेपालमै पहिलोपटक जिपलाइनको शुरुवात गरेको यस हाइग्राउण्डले एक दशकपछि आफ्ना ग्राहकलाई फरक स्वाद दिन सुपरम्यान जिपलाइन शुरु गरेको हो ।

समुन्द्री सतहदेखि १ हजार ५ सय पचास मिटरको उचाइमा रहेको सराङ्कोटको टप स्टेसनबाट बटम स्टेशन हेम्जा सम्म भर्टिकल ड्रप ९भिरालो० ६ सय मिटर रहेको छ । यति धेरै भिरालो भएको जिपलाइन बिश्वमै अरु नभएकोले गिनिज बुक अफ वल्ड रेकर्डमा ुबिश्वकै भिरालो जिपलाइनुका रुपमा दर्ता गर्न आवेदन दिइएको कम्पनीले बताएको छ ।

बिश्वकै लामोमध्येको उक्त जिपलाइनको १ हजार ८ सय पचास मिटर दुरि सुपरम्यान जिपलाइनमा पार गर्न औसत १ सय ४० किलोमिटर प्रतिघण्टाको गतिमा अधिकतम समय १ मिनेट लाग्छ ।


क्लिकमान्डु