सानिमा लाइफको खुद बीमाशुल्क २१% ले बढ्यो



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा खुद बीमाशुल्क २१.५२ प्रतिशतले बढाएको छ ।

इन्स्योरेन्सले यस अवधिमा एक अर्ब १६ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ९५ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीको खुद नाफा ६९.३६ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको पुससान्तसम्ममा ९ करोड ३९ लाख रुपैयाँ खद नाफा कमाएको छ । गत आवको पुस मसान्सम्ममा कम्पनीले ५ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आवको पुस मसान्तसम्ममा कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट १३ करोड २७ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले अभिकर्ता कमिशन खर्चका लागि २० करोड ३ लाख रुपैयाँ खर्चेको छ ।

एक हजार २ सय ४२ बीमा दावीवापत १३ करोड ८५ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ ।

दई अर्ब रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा २३ करोड ३३ लाख रुपैयाँ र बीमा कोषमा दुई अर्ब ८२ करोड ९५ लाख रुपैयाँ सञ्चित छ ।


क्लिकमान्डु