रिलायन्स लाइफको खुद बीमाशुल्क २२% ले बढ्यो



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा खुद बीमाशुल्क २२.८३ प्रतिशतले बढाएको छ ।

इन्स्योरेन्सले यस अवधिमा एक अर्ब ३५ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले एक अर्ब १० करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीको खुद नाफा ३१.३२ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको पुससान्तसम्ममा ७ करोड ६० लाख रुपैयाँ खद नाफा कमाएको छ । गत आवको पुस मसान्सम्ममा कम्पनीले ५ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आवको पुस मसान्तसम्ममा कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट १३ करोड २७ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको छ ।

बीमालेखको धितोमा कर्जाबाट कम्पनीले एक करोड २५ लाख रुपैयाँ आम्दनी गरेको छ । कम्पनीले अभिकर्ता कमिसन खर्चका लागि २३ करोड ७७ लाख रुपैयाँ खर्चेको छ ।

४ सय ५४ वटा बीमा दावीवापत ३७ करोड२४ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । १० वटा बीमा दावीवापत १८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

एक अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको बीमा कोषमा तीन अर्ब ३६ करोड ९२ लाख रुपैयाँ र जगेडा कोषमा १८ करोड १७ लाख रुपैयाँ सञ्चित छ ।


क्लिकमान्डु