जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओमा मागभन्दा ६८ गुणा आवेदन



काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक निष्काशन(आइपीओ) ६७.८६ गुणाले ओभर सब्सक्राइब भएको छ ।

प्राप्त आवेदनको हिसाबले यो निष्काशनमा अहिले सम्मकै सर्वाधिक आवेदन प्राप्त भएको हो ।

निष्काशन गरिएको ५ लाख २२ हजार साधारण कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ०.५ प्रतिशत छुट्याई बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएको गरिएको थियो ।

निष्काशनको अन्तिम तथा चौथो दिन अपरान्ह ५ बजेसम्म २७ लाख ०६ हजार ७ सय ६७ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ३ करोड ३१ लाख १३ हजार ३ सय कित्ता सेयरका लागि ३ अर्ब ३१ करोड १३ लाख ३० हजार रकमको आवेदन परेको छ । यो आइपिओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको हो ।

आइपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता देखि अधिकतम ५ हजार २ सय २० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको थियो ।


क्लिकमान्डु