पुसमा ३ अर्ब ६७ करोड बीमाशुल्क संकलन, बाग्मती प्रदेशको हिस्सा ६७%



काठमाडौं । चालु आवको पुस महिनामा सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीले तीन अर्ब ६७ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

कम्पनीहरुले सम्पत्ति बीमा, सामून्दि«क बीमा, हवाई बीमा, मोटर बीमा, विविध बीमा, कृषि तथा बाली र लघु बीमा गरी सो बराबरको रकम संकलन गरेका हुन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार उक्त अवधिमा बाग्मती प्रदेशको हिस्सा ६७.६१ प्रतिशत रहेको छ । वाग्मती प्रदेशबाट निर्जीवन बीमा कम्पनीहरुले कुल २ अर्ब ४८ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

बाग्मती प्रदेशपछि प्रदेश १ बाट कम्पनीहरुले बढी बीमाशुल्क संकलन गरेका छन् । प्रदेश १ बाट यस अवधिमा कम्पनीहरुले ३२ करोड १६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

कम्पनीहरुले प्रदेश १ पछि लुम्बिनी प्रदेशबाट बढी बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले लुम्बिनी प्रदेशबाट ३१ करोड ३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यस्तै, कम्पनीहरुले मधेश प्रदेशबाट २२ करोड ५ लाख रुपैयाँ गण्डकी प्रदशेबाट २१ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

सुदुरपश्चिम प्रदेशबाट कम्पनीहरुले ९ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलक गरेका छन् । भने कर्णाली प्रदेशबाट ३ करोड २७ लाख रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेका छन् ।


क्लिकमान्डु